You are viewing the translated version of ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्ड.

Section 7
ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्ड
(१) बीमकले बीमितको हिताधिकारी वा त्यस्तो हिताधिकारीको वास्तविक धनीको पहिचान, जोखिम मूल्याङ्कन तथा जोखिममा आधारित प्रणाली अवलम्बन हुने व्यवस्था गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम हिताधिकारी वा त्यस्तो हिताधिकारीको वास्तविक धनीको पहिचान गर्दा: देहाय बमोजिमको ग्राहक पहिचान पद्धति अवलम्बन गर्नु पर्नेछ:-

(क) हिताधिकारी प्राकृतिक व्यक्ति वा कानूनी व्यक्ति वा कानूनी प्रबन्ध भएमा सोही बमोजिमको ग्राहक पहिचान र सम्पुष्टि तत्काल गर्ने,

(ख) हिताधिकारी वा त्यस्तो हिताधिकारीको वास्तविक धनीको कुनै वर्ग, समूह वा चरित्रबाट _ छुट्विएको भएमा भुक्तानी हुने समयमा हिताधिकारी वा त्यस्तो हिताधिकारीको वास्तविक धनीको पहिचान स्थापित हुन सक्ने पर्याप्त विवरण लिने,

(ग) खण्ड (क) र (ख) बमोजिमका हिताधिकारीलाई बीमा बापतको कुनै पनि रकम, -लाभ बा सुविधा भुक्तानी गर्दा हिताधिकारी वा त्यस्तो हिताधिकारीको वास्तविक धनीको पहिचान र सम्पुष्टि गर्ने,

(घ) -हिताधिकारी पहिचान गर्ने वा त्यसको वास्तविक धनीको पहिचान गर्ने सम्बन्धमा अन्य उपयुक्त उपाय अवलम्बन गर्ने ।

(३) बीमकले हिताधिकारी र त्यस्तो हिताधिकारीको वास्तविक धनीलाई समेत जोखिम मूल्याङ्कनको आधारमा बृहत्‌ ग्राहक पहिचान गर्नु पर्ने वा नपर्ने विषय यकिन गरेर मात्र जोखिम व्यवस्थापन गर्नु पर्नेछ।

(४) कुनै हिताधिकारी कानूनी व्यक्ति वा कानूनी प्रबन्ध भएमा बीमा बापतको कुनै पनि रकम, लाभ वा सुविधा: भुक्तानी गर्दा सोको वास्तविक धनीको पहिचान तथा सम्पुष्टि: गरी बृहत्‌ परीक्षण समेत गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

(५) सूचक संस्थाले ऐनको दफा (७ज. बमोजिम ग्राहकको सम्पुष्टि गर्ने प्रयोजनको लागि ग्राहकसँगको व्यावसायिक सम्बन्धको प्रयोग वा कारोबारको सम्बन्धमा जोखिम व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरी कार्यान्वयन गर्नु पर्नेछ।

(६) नियमनकारी निकायले यस नियमावलीमा उल्लिखित मापदण्डका अतिरिक्त सेवा, उत्पादन, उपकरण, कारोबार, भुक्तानी माध्यम, जोखिम लगायत अन्य आधारमा ग्राहक पहिचानका लागि थप मापदण्ड तोक्न सक्नेछ।